१४ कात्तिक ०७८, काठमाडौं ।काठमाडौँ उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई आज आइतबार आयोजित एक कार्यक्रममा यो सम्मान प्रदान गरेका हुन् । बेलायतस्थित ‘वल्र्ड् बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानका लागि सो…