काठमाडौं ३१ भदौ । काठमाडौंको गौशालामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका ८ गौशला रुन्चे डाँडास्थित सम्झना गेष्टहाउस एण्ड लजमा काम गर्ने काठमाडौं महानगरपालिका १० घर भएका ४६ वर्षीय महेश केसी आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।