८ असार । काठमाडौंको बाफलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफलस्थित निर्माणाधीन घरमा बस्ने नुवाकोट घर भएका ३५ वर्षीय सूर्य बहादुर तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।