काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले दोस्रो जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगरलाई ४८ रनले हराउँदै प्रतियोगितामा दोस्रो जीत दर्ता गरेको हो। यस जितसँगै विराटनगरको अपराजित यात्रामा ब्रेक लागेको छ। चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै केवल १२६…