काठमाडौ साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता…