१६ जेठ ०७९, काठमाडौं । तीर्थबहादुर तामाङले आइतबार १७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा तामाङले तीन घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कव्जा जमाएका…