हेटौँडा । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ। बिहीबार बरामद गरिएको ट्रामाडोलको कुल परिमाण ८ हजार ३ सय क्याप्सुल रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवास बोहराले जानकारी दिए। लागुऔषध ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा–२ का ३५ वर्षीय राजीव…