ललितपुर । टीकाथलीमा पानीको लागि खनिएको बोरिङ खन्दा निस्किएको ग्यासबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेको छ। आज (मंगलबार) बिहान बोरिङको लागि पाइप गाड्दा ग्यास निस्किएर आगो लागेको थियो। काठमाडौँ उपत्यकाको जमिनमूनि ग्यासहरू रहेकोबारे वर्षौँ पहिलेको अध्ययनले देखाएको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन्। करिब तीनसय मिटर खनिसकेपछि ग्यास निस्किएको बताइएको…