काठमाडौं । काठमाडौंको वायु प्रदूषण घटेको छ। उपत्यकमा हिजो साँझदेखि छिटपुट वर्षासँगै सामान्य हावाहुरीसमेत चलेकाले वायु प्रदूषण कम भएको हो। काठमाडौंमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। गएराति र आज बिहान पनि काठमाडौंमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ। हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं उपत्यका आज १० औँ स्थानमा झरेको छ।…