ललितपुर । ललितपुर पाटन अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरमा फेला परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पहिचान गरेर फरार थुनुवाबारे कञ्चनपुर प्रहरीलाई जानकारी गराएको थियो । लगत्तै आज कञ्चनपुरको टोलीले ती थुनुवा पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद फरार भएका थिए…