काठमाडौं । साइबर अपराधको आरोपमा प्रहरीले ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर अपराध ब्युरोले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बौद्ध नयाँ बस्तीमा बस्दै आएका सरोज कटवाललाई पक्राउ गरेको हो। कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितको बहिनीलाई पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो।…