काठमाडौं । काठमाडौँको सिनामंगलस्थित राजश्री सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार चोरीमा संलग्न आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भएका दीपक गजुरेल पक्राउ परेका हुन्। उनलाई मङ्सिर २६ गते रातोपुलस्थित एक होटलबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार मङ्सिर…