१७ असोज । पशुपति गौशाला धर्मशाला २१ वर्षपछि मारवाडी समितिबाट फिर्ता भएको छ । २०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको सम्झौता काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएपछि पशुपतिनाथको धर्मशाला मारवाडी समितिबाट फिर्ता भएको हो । सम्झौता खारेज भएपछी काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४ रोपनी…