१९ भदौ । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ । प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख रामप्रमोद साहका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार र तलेजु मन्दिरमा २३ लाख १८ हजार रुपैयाँ बक्यौता छ । यसमध्ये तलेजु मन्दिरमा २०६० साल र चाँगुनारायण मन्दिरमा २०६३ सालदेखिको बक्यौता रहेको उनले जानकारी दिए…