काठमाडौं । काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारी ६२१ ग्राम काँचो सुन बरामद गरेको छ। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीलाई सशस्त्र प्रहरी बलका डीएसपीले नेतृत्व गरेका थिए। सो टोलीले पसल तथा कारखानाबाट बरामद गरिएको काँचो सुन नियन्त्रणमा लिएको विभागले जनाएको छ। विभागका महानिर्देशक तीर्थराज चिलुवालले गहना उद्योगमा राजस्व छलीसहित अवैध…