२५ असोज । नेकपा एमालेका नेता महेश बस्नेत प्रमुख अतिथि भएको कार्यक्रम बिथोल्ने प्रयास भएको छ। झापाको अर्जनुधारामा आयोजना भएको नगर अधिवेशनको उद्घाटन गर्न बस्नेत गएका थिए। बिहीबार युवा संघ नगर कमिटीको प्रथम अधिवेशनमा बस्नेत प्रमुख अतिथि थिए। उनी सहभागी भएको कार्यक्रम बिथोल्ने प्रयास भएको झापा प्रहरीले जनाएको छ। झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले…