काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार बिहीबार बिहान सडक क्रस गर्ने क्रममा सङ्खुवासभा, खाँदबारी नगरपालिका–७ घर भएका ६८ वर्षीय जसबहादुर मगरलाई बसले ठक्कर दिएको हो। बागमती प्रदेश–०१–००६ ७५४३ नम्बरको महानगर यातायातको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि…