काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवा व्यवस्थित गर्न र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयमार्फत उक्त मापदण्ड स्वीकृत गरेका हुन्। यसबाट नेपालमा निःसन्तान उपचार सेवा, प्रयोगशाला व्यवस्थापन, जनशक्ति तथा संवेदनशील शुक्रकिट र अण्डा दान प्रक्रिया थप व्यवस्थित हुने अपेक्षा…