हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पहिलो मन्त्रिपरिषद् बैठकमै आफ्नो मासिक पारिश्रमिकबाट निर्वाचन क्षेत्रका एक अति सीमान्तकृत परिवारलाई घर बनाइदिने घोषणा गरेका छन्। मंगलबार बसेको बैठकले कृष्णकुमार तामाङलाई सरकारको प्रवक्ता तोकेको छ। बैठकले प्राकृतिक विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने र विपद्पीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य शिक्षा…