काठमाडौं । वर्षासँगै पहिरो जाँदा विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। गएरातिको वर्षापछि देशका नौवटा सडकमा पहिरो खसेको हो। पहिरोले रुकुम पश्चिम, कालीकोट, सल्यान लगायतका जिल्लामा मुख्य राजमार्ग नै पूर्णरुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ। रुकुम पश्चिमको मुसिकोट ११ पृतिवाङमा पहिरो खस्दा हिजोदेखि नै राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरी जाजरकोटको पचालझर्ना ८ मा पनि पहिरो…