२२ पुस । काठमाडौंबाट सोमबार बिहान झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि डाइभर्ट गरिएको छ। उडान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई…