१८ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता भएको हो । करिब आधाघण्टा भएको भेटमा आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।…