काठमाडौँ । प्रतिकूल मौसमका कारण नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पा का अनुसार, आन्तरिकतर्फ केही उडान डाइभर्ट भएका छन् भने भरतपुर र तुम्लिङटारका उडान बन्द गरिएको छ। पोखरा विमानस्थलमा आगमन बन्द छ भने डिपार्चर मात्र खुलेको छ। काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान डाइभर्ट भएको…