वीरगञ्ज (पर्सा) १४ असार । चाँदीको मण्डपसहितको रथयात्राका प्रसिद्ध गहवामाईको रथयात्रा यही असारको २३ गते हुने भएको छ । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको बताइएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् । गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको…