५ साउन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको निरीक्षण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन् । गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि भन्सार कार्यालय…