काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साँझ ५ बजे पुराना गठबन्धनका दलहरू एकैठाउँ उभिने दाबी गरेका छन् । बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकबाट बाहिरिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘अहिलेचाहिँ दलगतरूपमा आएका प्रस्तावहरूका बारेमा पनि छलफल गर्यौँ । साँझ ५ बजे भने हामी पुन: बस्नेछौँ,’ उनले भनेका…