१४ कात्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला…