१० भदौ ०७९, काठमाडौं । मुलुकले सङ्घीय संरचनाको अभ्यास गरेको पाँच वर्ष पूरा भयो । नेपालको संविधान, २०७२ अनुसार सात प्रदेश कार्यान्वयनमा आए । संविधानअनुसार २०७४ सालमा प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन भए । हाल कायम प्रदेश सरकार पाँचवर्षे कार्यकालको अन्तिम अवस्थामा छन् । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको अर्को…