३० वैशाख ०७९, काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । गाउँपालिकाको–१ जेठरहियामा रहेको चिकना मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार स्थानीयले मतदान अधिकृतलाई घेरा हालेर मतपेटिका बोकेर खेतैखेत भागेका थिए । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक…