२१ साउन ०७८, काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पक्षको आज विहीबार शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा सहभागी हुने सम्भावना नभएको र प्रतिपक्षमा रहने भन्ने विषयमा…