१३ असार ०७८, काठमाडौं । नेकपा एमालेले असार १६ गते दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई…