३ असार ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सम्बन्धी मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै संविधानमा निर्दलीयताको परिकल्पना नरहेको उल्लेख गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको मागसहित प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा प्रधानमन्त्री ओलीले लिखित जवाफ दिएका हुन् । निवेदकको माग अनुसार अदालतले गरेकामा…