२५ जेठ ०७७, वासिङ्टन (रासस–एएफपी) – पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या ९डेलिगेट्स० पुगेको घोषणा गर्नु भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उहाँको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ । ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको…