२६ वैशाख ०७८, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छन् । मदाने १ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोरोना अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा…