२ फागुन । ललितपुरको महालक्ष्मीस्थानमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ५ महालक्ष्मीस्थान मन्दिरको कम्पाउण्डभित्र पेटीमा बस्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।