१५ पुस ०७९, काठमाडौं । अमेरिकालगायतको देशमा पठाईदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने एक पुरुष राजधानीबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।…