४ पुस ०७९, काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । एकजना छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएपछि भट्टराईविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले उनको खोजी थालेपछि भट्टराई आफैं आइतबार प्रहरी कार्यालय पुगेको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी)…