लपु खबर
ललितपुर
२८ फागुन ०७५
परम्परागत नेवारी समुदायले मान्ने चालचलन रिती थिती आज पर्यन्त पछ्याएको पाइन्छ । पश्चिमा संस्कृतीको वोलवाला रहेको काठमाडौं उपत्यकामा रहेका नेवारहरु आफ्नो संस्कृती,रितीरिवाज र ऐतिहासिक साँस्कृतिक सम्पदा जोगाउन तल्लिन छन् ।
नेवारहरुको मूल थलो काठमाडौं उपत्यका हो । काठमाडौं भक्तपुर र ललितपुरको शहरी क्षेत्रमा नेवारहरुको झरुप्प बस्ती छ । काठमाडौं बाहेक बनेपा,पोखरा,हेटौडा,विदुर,वाग्लुङ्ग,बेनी,विराटनगर,विरगञ्ज,धनगढीलगायत शहरी क्षेत्रमा यो समुदायको बसोबास छ । आजको नेवारी संसकृती मल्लकालीन संस्कृतीको परम्परागत रुप हो ।
नेवार समुदायले नेपाल भाषा प्रचलित छ । यो भाषा अरु नेपालका क्षेत्रीय भाषा भन्दा नितान्त फरक छ । तर चिनियाँ , जापानी भाषासँग भने केही समानता भेटिन्छ । नेवारी संस्कृतीमा आधारित नेपाल संवत् पनि प्रचलनमा ल्याइएको छ ।
नेवारी संस्कृतीमा देवि देवताहरुको नाच प्रमुख रुपमा लिइन्छ । विभिन्न पर्वहरुमा नाचिने नाच आजसम्म पनि यो समुदायले जोगाएको पाइन्छ ।
नेवारी समुदायभित्रका युवा पुस्ता आफ्नो संस्कृती रिती रिवाजलाई जोगाउन लागि परेको पाइन्छ । तर बढ्दो व्यस्तता शहरीकरणले जन्माएको सास्कृतीक र भौगोलिक अतिक्रमणको चपेटामा यो समुदायले परेको देख्न सकिन्छ । ठाँउ अनुसार जात्रा र रितीरिवाज फरक भेट्न सकिन्छ । पाटनमा मच्छिन्द्रनाथको १ महिने जात्रा मनाइन्छ भने हाँडीगाँउमा कही नभएको जात्रा, असनमा सेतोमच्छिन्द्रनाथको जात्रा,वसन्तपुरमा इन्द्रजात्रा,ठेचोकोमा नवदुर्गा जात्रा,भक्तपुरमा विस्केट जात्रा आदी मनाइन्छ । जात्रामा आफन्त बोलाएर भोज खुवाइन्छ ।
नेवारी भोजन पनि यो संस्कृतीको अर्को सुन्दर पक्ष हो । समयबजी नेवार हरुको एउटा परिकार हो । नेवारी परिकारमा मासु र चिउरा अनिवार्य बस्तु मानिन्छ । योमरी,बारा छोयला,आयलाआदी नेवारी प्रसिद्ध परिकार हुन् ।
नेपालमा नेवारहरुको जनसंख्या उल्येख्य रहेको छ । २०५८ सालको जनगणना अनुसार नेपालमा १२ लाख ४५ हजर २ सय बत्तिस जना नेवारको बसोबास रहेको उल्येख छ ।
सन्दर्भ सामाग्री गेर पत्र र विकिपिडिया
प्रतिक्रिया