२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘कला प्रर्दशनी पाटनबासीको महोत्सव हो’


९ चैत्र २०७५, शनिबार  

0
Shares

ललितपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य । तस्विर ः ललितपुर खबर

विश्व कला परिषदले ललितपुरलाई ३५ औं कला शहर घोषणा गरेपछि ललितपुर पाटनमा चैत्र १३ गतेदेखि १७ गतेसम्म कला तथा संस्कृती महोत्सवको आयोजना हुँदैछ । ललितपुर महागरपालिका वडा नं. १६ को आयोजनामा हुने कला महोत्सवमा हस्तकला र सांस्कृतिक प्रर्दशनी हुनेछन् । प्रर्दशनीको सन्दर्भ पारेर वडाध्यक्षसँग निर्मलरत्न शाक्यसँग हाम्रा संवाददाताले कुराकानी गरेका छन् ।

कला तथा संस्कृति महोत्सव वडाले नै आयोजना किन गर्नु पर्यो ?
ललितपुर महानगरपालिलाई विश्व कला परिषदले ३५ औं कला शहरको रुपमा घोषणा गरेको छ । यो ललितपुरका लागि मात्रै होइन । सबै नेपालीहरुको लागि गौरव र खुशीको कुरा हो । यहाँको कला कौशलता,रितीथिती र संस्कृती हेरेर नै परिषद्ले कला शहर घोषणा गरेको हो । यहाँ ५० प्रतिशत भन्दा धेरै कलामा आश्रित परिवार छन् । यस वडामा विश्व सम्पदा सूचिमाा सुचिकृत पाटन दरवार छ । हामीले ती रितीथिती कला र संस्कृतिलाई वडा स्तरबाट संरक्षण गर्न आवश्यक छ । वडाले समन्वय गरेर कुना काप्चामा रहेका कलाकारहरुलाई स्थान दिएर मात्रै ललितपुरको कला र संस्कृति प्रवद्र्धन हुन सक्छ । लुकेर रहेका कला र लोप हुन लागेको संस्कृती जााोगाउन वडास्तरबाट यस्ता कार्यक्रमहरु गर्दा प्रभावकारी हुन्छ भन्ने लागेर नै हामी कला तथा संस्कृती महोत्सव गर्न लागेका हौं ।
महोत्सवको उद्देश्य के हो ?
महोत्सवको उद्देश्य पाटनबासीलाई कला संरक्षणका लागि जागरुक गराउनु नै हो । महोत्सवले यहाँको कलाकारहरुले बनाएका कलात्मक सामाग्रीको बजार प्रवद्र्धन हुनेछ । यहाँको कलाको पहिचानमा महोत्सवले सहयोग पुग्नेछ । स्थानीय कलाकारहरुले बनाएका कलात्मक सामाग्रीहरुहको दिर्घकालीन बजार प्रवद्र्धन हुन गई स्थानीयबासीहरु कलाकारितामा लागि रहन सहयोग हुनेछ ।
महोत्सवबाट स्थानीयबासीहरुलाई के फाइदा हुन्छ ?
कला तथा संस्कृती महोत्सवले स्थानीय कलाकार कालिगढहरुल ेबनाएका कलात्मक सामाग्रीहरुको बजार प्रवद्र्धन हुनेछ । हामी विभिन्न देशको दुतावास मार्फत विदेशी संघ संस्थाहरुको सहभागिताका लागि अनुरोध गरिरहेका छौं । यस महोत्सवमा विभिन्न सरकारी र गैरसंरकारी संघ संस्थाहरुको सहभागीताले कला प्रबद्र्धन हुनेछ । यस बाट दिर्घकालीन प्रभाव पर्नेछ । कला प्रर्दशनी पाटनबासीको महोत्सव हो । यहाँको पर्यटन व्यावसाय,कलाकार,कालिगढ र पाटनका व्यावसायीले लाभ लिनेछन् ।
पर्यटन वर्ष २०२०को पुर्वसन्ध्यामा आयोजना भइरहेको कला तथा संस्कृति महोत्सवले पर्यटन प्रवद्र्धनमा कस्तो प्रभाव पार्ला ?
पाटनको व्यावसायिक आधार पर्यटन पनि हो । पर्यटन व्यावसाय कला र संस्कृतीसँग जोडिएको छ । जति धेरै पाटनको कला तथा संस्कृती प्रवद्र्धन हुन्छ, उति नै पर्यटन व्यावसाय फस्टाउने हो । हामी पर्यटन पर्वलाई सफल बनाउन यो महोत्सव उपभोग गर्न चाहन्छौं । हाम्रो महोत्सवमा ध्येय पर्यटन प्रवद्र्धन गर्नु पनि हो ।
नेवारी संस्कृती प्रवद्र्धनका लागि कस्ता प्रस्तुती हुनेछन् ?
ललितपुरको पाटनमा आयोजना हुने कला तथा संस्कृति महोत्सवबाट स्थानीय नेवारी संस्कृतीको प्रवद्र्धन पक्कै पनि हुने हो । नेवारी संस्कृती प्रबद्र्धनका लागि परम्परागत नाचहरु कार्तिके नाच,अष्ठमात्रिका नाच,परम्परागत बाजाहरुमा मृदंग भजनहरु,शात्रिय संगीतहरु,चरिय नृत्यहरु बाहौ महिना हुने जात्राहरुका झलकहरु हुनेछन् । नेवारी परिकारहरु प्रर्दशन र विक्रि वितरण हुनेछन्
महोत्सवबाट कस्तो उपलव्दी हुने अपेक्षा छ ?


कला प्रवद्र्धनका लागि महानगरपालिकालाई आगामी दिनमा कस्तो खाले नीति निधारण गर्ने भन्ने तय गर्नेछ । विभिन्न सेमिनार र वर्कशपबाट केही नीतिगत उपलव्दी पनि हुनेछन् । हाम्रो यो अनुभवबाट सिकेर अरु वडाहरुले पनि महोत्सव गर्न थाल्ने अपेक्षा छ ।
पाटनमा बेला बेलामा महोत्सव आयोजना हुँदै आएको छ यो सन्दर्भमा महोत्सवको औचित्य के रहेको छ ?
नयाँ संविधान अनुसार स्थानीय निकायको पुर्नसंरचना भएपछि गाँउ गाँउमा सिंहदरवार पुगेको छ । हामीले स्थानीय निकाय मार्फत कानूनी दायित्व पाएका छन् । स्थानीय कला जोगाउन हामीले गर्ने पहल यस्तै खाले कार्यक्रम गरेर हो । स्थानीय कला र संस्कृतिको प्रर्वद्धन गर्नु हाम्रो कर्वव्य हो । दायित्व हो ।
महोत्सवमा कति स्टल हुनेछन् ?
स्थानीयबासीका १ सय स्टल हुनेछन् । कलात्मक डेमोस्ट्रेसन हुनेछ । पाटन भरि नै अरु धेरै सास्कृतिक कार्यक्रम हुनेछन् । यो पाटनवासीको जनता आफ्नै कार्यक्रम हो ।
महोत्सवमा दर्शकहरुको सहभागिता कस्तो हुने अपेक्षा छ ?
यस महोत्सवमा कम्तिमा ५ लाख दर्शकको सहभागिता हुने अपेक्षा छ । हाम्रो तयारी अनुसार अझैं अवलोकनकर्ताको संख्या बढ्नेछ ।
कार्यक्रमहरु कहाँ कहाँ हुनेछन् ?
कार्यक्रमहरु हरेक टोलमा हुनेछ । पाटनका सार्वजनिक खुला ठाँउहरुमा महोत्सव हुनेछ ।
वहाल,वहील, दरवार स्क्वायर, गाहावहाल,टोल,टौवाल,मापाल,सोठ,हवाल, नकवहिललगायत मुख्य खुला ठाँउहरुका कार्यक्रम हुनेछ ।
कार्यक्रम मध्य बजारमा हुने हुँदा व्यवस्थापन कसरी गरिनेछ ?
ट्राफिक समस्या मुख्य चुनौती हो । हामी पासको व्यवस्था गरेर मात्रै सवारी साधन जान दिन्छौं । ठूला सवारी साधन निषेध हुनेछ ।
वडाको तर्फबाट भन्नै पर्ने कुरा केही छन् कि ?
यो हाम्रो वडाको मात्रै कार्यक्रम होइन । न त पाटनबासीको मात्रै कार्यक्रम हो । यो सवै नेपालीहरुको कार्यक्रम हो । सवैको अर्थपूर्ण सहयोग र सहभागिता पक्कै हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ८ : २५ बजे