१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘हस्तकलाको व्यापार निरन्तर बढ्ने अवस्था देखिएको छ’



ऐतिहाँसिक धार्मिक तथा पुरातातत्विक सम्पदाको धनी राजधानी काठमाडौंमा काष्ठकला, धातुकला र प्रस्तरकलाको लागि संसारभर प्रख्यात छ । यहाँका गल्ती गल्लीमा हस्तकलाका कालिगढ बस्छन् । परम्परागत पेशको रुपमा विकसित भएको पुख्यौली पेशा हस्तकलाले पछिल्लो समय विदेश निर्यातको बस्तुको रुपमा परिचित छ ।
नेपाली हस्तकलाका सामाग्री विदेश निर्यात गरेर प्रसस्तै विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना छ । आन्तरिक खपतमा पनि हस्तकलाका सामाग्रीको राम्रो सम्भावना छ ।
पछिल्ले समय कोरोना महामारीका कारण यो क्षेत्रलाई पनि असर परेको भए पनि विस्तारै हस्तकला व्यावसाय फस्टाउदै गएको छ । हस्तकलाकर्मीहरु यो पेशाको प्रबद्र्धनका लागि दिनरात काम गरिरहेका छन् । यसै सन्दर्भमा बिहीबारदेखि काठमाडौंमा सुरु हुने २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिता सुरु हुँदैछ । मेलाको पुवृसन्ध्यामा ललितखबरका प्रतिनिधिले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यसँग कुराकानी गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश :

पछिल्लो समय हस्तकलाको अपस्ता कस्तो छ ?
हस्तकला व्यवसायमा पछिल्लो समय केही सुधार आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पनि हस्तकला निर्यात १३ प्रतिशतले बढेको छ । चीनतर्फ उत्तरी नाका खुला भएका कारण धातु मूर्तिकला र परम्परागत विधाको निर्यात बढेकोे छ । तर युरोपतिरको मार्केट भने २० प्रतिशतले घटेको छ । आन्तरिक तर्फ १२ अर्वको हस्तकला खपत भइरहेको छ भने १२ हर्व हाराहारी हस्तकलाको सामाग्री निर्यात भइरहेको छ । हस्तकलाको सामाग्रीको व्यापार निरन्तर बढ्ने अवस्था देखिएको छ ।

हस्तकलाका समस्या के के छन् ?
आयात–निर्यातका लागि पेमेन्ट गेटवे सिस्टम नहुँदा पनि समस्या आएको छ । निर्यात गरेको सामानको पैसा पाउन समस्या नभए पनि कच्चा पदार्थ आयात गर्नुपर्दा भुक्तानीमा समस्या छ ।
अहिलेको अवस्थामा पनि हामीले नेपालमै बसेर अलिबाबामार्फत् व्यापार गर्न सक्ने व्यवस्था गर्नुपर्छ ।
मुख्य समस्या भनेको चाही कच्चा पदार्थ र दक्ष जनशक्ति नै हो ।
हस्तकलाको आन्तरिक र बाह्य खपतको अवस्था कस्तो छ ?
पछिल्लो समय आन्तरिक खपत धेरै बढेको छ । नेपालमा दशैँ, तिहार, धनतेरसको बेला नेपाली हस्तकला धेरै खपत हुने गरेको छ । खासगरी धातुका मूर्ति, पूजा सामग्री र गरगहनाको बढी कारोबार हुने गरेको छ । आन्तरिक रुपमा प्रर्बद्धन गर्दै जाने हो भने खपतको बढ्दै जाने हाम्रो विस्वजास छ ।

सरकारी क्षेत्रबाट हस्तकलालाई कसरी लिएको पाउने भएको छ ?
संघीय सरकार, प्रदेश सरकार तथा सांसदज्यूहरूबाट अन्य सहयोग र सपोर्टको क्रम भने विगतभन्दा बढेको छ । उहाँहरूले हस्तकलाका बारेमा निकै चासोसाथ सोधखोज गर्नुहुन्छ । सल्लाह सुझाव लिनेदिने क्रम बढेको छ । हस्तकला क्षेत्रले निर्यातका साथै १० लाखलाई रोजगारी दिएको कुराले पनि सरकार तथा सांसदज्यूहरूमा चासो बढेको हो ।

कतिपय प्रदेश सरकार र स्थानीय तहले नेपाली हस्तकला प्रयोग गर्न सुरुवात गरेका छन् । ललितपुर महानगरपालिकाले त हस्तकलाको कोशेली घर नै सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले कसैलाई उपहार वा मायाको चिनो दिनुपर्दा कोशेली घरबाटै खरिद गरेर दिनुपर्ने व्यवस्था गरेको छ । बागमती प्रदेशले पनि यसमा पहलकदमी लिएको छ ।

नेपालमा हस्तकलाको कच्चा पदार्थको उपलव्धता कस्तो छ ?
नेपालमै कच्चा पदार्थ त्यति सहज छैन विदेशबाट ल्याउनु पर्ने भएकाले समस्या छ । कच्चा पदार्थका लागि भन्सारमा समस्या छ । हामीले यो विषयमा सरकारसँग निरन्तर रुपमा समस्या सुनाई रहेका छौं । तर समाधान भएको छैन । जसका कारण व्यावसाय गर्न र सामाग्री निर्यात गर्न समेत समस्या छ ।
कच्चा पर्दाथाको उपलव्धताका हिसावले काठ, ढुंगा पनि सहज छैन । वनजंगलमा काठ त्यत्तिकै कुहिएर गइरहेको छ तर हामीले मलेसियाबाट काठ ल्याइरहेका छौं ।
स्वदेशकै जंगलका काठबाट हस्तकला बनाएर संसारभर बिक्रि गरेर आर्थिक लाभ लिन सकिने कुरा सरकारी अधिकारीहरुलाई बुझाउन थालेका छौं ।
सुनचाँदीको कच्चा पर्दाथमा पनि समस्या छ । सरकारले भन्सारदर बढाएका कारण सुनचाँदीजन्य हस्तकलाको लागत महँगो पर्न गएको छ । जसले गर्दा सुनचाँदीको अवैध कारोबार प्रोत्साहित भइरहेको देखिन्छ । सुनचाँदीको भन्सारदर घटाउने र दुर्ई प्रतिशत लक्जरियस शुल्क पनि नलिने व्यवस्था गरेमा अवैध कारोबार निरुत्साहित हुन सक्छ ।
सरकारको हस्तकला नीति बनाएको छैन यसबाट व्यावसायका कस्तो असर परेको छ ?
हामीले २०७५ सालमै हस्तकला नीतिको मस्यौदा बुझाएका थियौं तर काम भएको छैन । निरन्तर मन्त्री, सचिवहरू पनि परिवर्तन हुँदा समस्या भएएको छ हामीले हरेक सरकार, मन्त्री र सचिवज्यूहरूलाई नीतिका बारेमा हामीले ध्यानाकर्षण गराएका छौँ ।
बागमती प्रदेशमा भने हस्तकला ग्राम ऐन अन्तिम चरणमा पुगेको छ । पुस महिनासम्म पारित हुन्छ होला ।

हस्तकला क्षेत्रमा जनशक्तिको अवस्था कस्तो छ ?
एकातिर देशमा बेरोजगारको समस्या छ भने हस्तकला क्षेत्रमा दक्ष जनशक्ति अभाव छ । युवा आकर्षित गर्न युवालक्षित हस्तकला पेशामा प्रवेश गर्न कार्यक्रम ल्याउन हामीले सरकारसँग हामीले माग गर्दै आएका छौँ । हस्तकलामा पनि स्टार्टअप आउनुपर्छ, त्यसका लागि सरकारले प्रोत्साहित गर्नुपर्छ । नत्र भने नेपाली हस्तकलाका कालिगढहरु नहुँदा यो पेश नै संकटमा पर्न सक्छ भनेर हामीले खबरदारी गरिरहेका छौं ।

नेपाली हस्तकलाको ट्रेडमार्क बनाएर प्रबद्र्धन गर्ने प्रचलन संसारभर रहेको छ तपाईहरुल यस क्षेत्रमा के कति काम गर्नु भएको छ ?
हामी नेपाली हस्तकला धातु मूर्तिकलाको कलेक्टिभ ट्रेडमार्क दर्ताको तयारीमा छौँ । पश्मिनाको छुट्टै टे«डमार्क बनिसकेको छ भने फेल्टको पनि ट्रेडमार्कको तयारी हुँदैछ ।
धातु मूर्तिकलाको त अहिलेसम्म छैन । कलानगरी ललितपुरमा रहेका हस्तकलाहरूको पनि छुट्टै ट्रेडमार्क हुनुपर्छ भनेर हामीले ललितपुर महानगरपालिकाअन्तर्गतको कलानगरीलाई घच्घच्याउँदै आएका छौँ ।

हस्तकलाको गुणस्तर परीक्षण ल्याब नहुँदा व्यावसायीलाई कस्तो असर परेको छ ?
हस्तकला गुणस्तर परिक्षणका लागि आफ्नै ल्याब नभएका कारण एउटै कम्पनीले भारतको दिल्ली गएर ल्याब टेष्टमै ५०औँ लाख खर्च गर्नुपरिरहेको अवस्था छ । त्यहाँ भएकै जस्तो मेसिन हामीसँग भइदिए त्यो पैसा नेपालमै रहने थियो, व्यवसायीलाई पनि सहज हुने थियो ।
हामीसँग रहेको पुरानो मेसिन बिग्रिएको छ । नयाँ मेसिनका लागि हामीले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत् प्रस्ताव गरेका छौँ ।

बिहीबारदेखि काठमाडौंमा हुन गइरहेको हस्तकला व्यापार मेल ागर्दै हुनुहुन्छ मेलाका आर्कषण के के रहेका छन्?
काठमाडौंको दरबारमार्गस्थित होटल परिसरमा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म मेला आयोजना हुँदैछ ।
एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, १८औँ हस्तकला प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तु प्रदर्शन, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदा(आइसिएच)को उजागर, ज्येष्ठ वरिष्ठ कलाकार सम्मान, कला प्रदर्शनी, अग्रणी निर्यातकर्तालाई सम्मानलगायत रहेका छन् ।मेला राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसपटकको मेलामा करिब एक सय ३० स्टल रहनेछन् ।
मेला अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगलगायत स्वदेश तथा विदेशका उच्चपदस्थ अधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ । चाइनाबाट पनि हाम्रा वायर्सहरू मेला भिजिटका लागि आउँदै हुनुहुन्छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ५७ बजे