१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘कलाप्रति सम्मान गर्दै नाटकमा अभिनय गर्दैछु’



६० को  दर्शकमा उदाएकी नेपाली चलचित्रको सशक्त अभिनेत्री रेखा थापाको फरक धारका चलचित्र अघि बढाउन विशेष भूमिका छ । हालसम्म २ सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री थापा चर्चित अभिनेत्रीसँगै चलचित्र र्निमात्रीको रुपमा समेत स्थापित छिन ।

सन् १९९९ मिस नेपालमा सहभागी भएपछि थापाको कला यात्रा सुरु भयो । उनी मिस नेपालको उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । उनले सन् २०१० र २०११ मा उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल चलचित्र पुरस्कार पाइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा चलचित्र पुरस्कार जितिन् । दर्जनौ सुपरहिट चलचित्र “काली“ र “हिम्मतवाली“ पछि अभिनेत्री २०७० चैत–२६ मा चलचित्र “रामप्यारी“ लिएर आइन् । उनै चर्चित अभिनेत्री रेखा थापासँग ललितखबरका संवाददाताले गरेको संवादको सम्पादित अंश :

 

मैले यसअघि त्यो समयमा चाहेर पनि नाटकमा काम गर्न सक्दिनथे । मसंग समय थिएन । विहान दिउँसो र बेलुका फरक फरक चलचित्रका तालिका हुन्थे । १५/२० दिन रियल्सल अर्को १५ दिन रंगमञ्चमा नाटक देखाउने मसँग फुर्सद थिएन । महिनाको ५ देखि ७ वटा चलचित्रमा अभिनय गरिरहेको हुन्थे

 

चलचित्रमा लामो समय काम गरेपछि रंगमञ्चको यात्रामा हुनुहुन्छ । नाटकमा देखिन लाग्नु भएको छ । किन ?
पहिलो पटक नाटकमा अभिनय गर्न गइरहेको छु । यो मेरो कलाप्रतिको सम्मान हो । एक पटक नाटकमा काम नगर्दा मेरो कला यात्रा अधुरो हुन्छ कि भन्ने महसुस भयो । नाटकको बिषयवस्तु बुझ्दो नाटकमा मिरा पात्र मेरै लागि बनेको जस्तो लाग्यो अनि नाटकमा अभिनय गर्ने निर्णय गरे ।

रंगमञ्चमा मञ्चन हुने नाटकमा यसअघि अभिनय गर्ने रहर जागेन ?
२०५७ सालबाट चलचित्र क्षेत्रमा प्रवेश गरे । म त्यसबेला १५/१६ बर्षकी युवती थिए । त्यसबेला मन लागेको काम गर्न मात्रै रहर हुन्थ्यो । मलाई जे चाहिएको हो त्यो चाहियो चाहियो जस्तो हुन्थ्यो । त्यसबेला मलाई चलचित्रको हिरोइन मात्रै बन्नु थियो । मलाई रञ्गमञ्च अनि नाटकबारे केही थाहा थिएन । त्यसैले रंगमञ्चको यात्रामा अघि बढिएन । अहिले काम गर्दैछु ।

रंगमञ्चभन्दा बाहिरबाट अभिनय यात्रा तय गर्नुभयो । त्यसबेला अभिनय कहाँ सिक्नुभयो ? कसरी गर्नुभयो ?
मेरो अभिनय यात्रा सिधै चलचित्रको सुटिङस्थलबाट सुरु भएको हो । मेरा लागि चलचित्रहरु नै विश्वविद्यालय जस्ता भए । निर्देशकको एक्सनबाट मेरो अभिनय यात्रा अघि बढ्यो । म अझैं पनि अभिनय सिक्दैछु ।

 

घर फर्केर छोरी बैभवी राज्यलक्ष्मीसँग खेल्दा, खुुवाउदा वा उनीसंग हरेक कृयाकलाप गर्दा नाटकको संवादमा भिजिरहेको हुन्छु । हिजो उनी निदाउने बेला लै लै लै भनिरहेको हुन्थे भने अहिले डाइलगहरु कण्ठ गरिरहेको हुन्छु

आज रंगमञ्चमा नाटकको रियल्सल गरिरहँदा पहिले नै नाटक गरेको भए मेरो अभिनय झन् राम्रो हुन्थ्यो जस्तो लागेन ?
हुन्थ्यो होला । तर कहिले काँही निर्देशपनले गरेको काम पनि राम्रो हुने रहेछ । हुन त हरेक मानिसहरु कलाले भरिएका हुन्छन् । हामीले काम गर्ने नवरसमा हो । नवरास बुझेको मान्छेले नाटक होस् या चलचित्रको पर्दामा राम्रोसँग कला देखाउन सक्छन् । अभिनयकलाको फर्मुला सिकेको भए झनै राम्रो हुन्थ्यो होला । तर अहिले पनि मलाई नाटकमा अभिनय गर्दा मजा नै आइरहेको छ ।

पछिल्लो पुस्ता रंगमञ्चमा पुगेर नाटक हेर्न रुचि बढाइरहेका छन् । कस्तो देख्नु भएको छ नेपालमा नाटकको भविश्य ?
मैले नाटक मिरामा आबद्ध भएपछि नेपालमा नाटकको बजार जति हुनु पर्ने हो त्यो नभएको पाए । पर्दामा आउने नयाँ नयाँ चलचित्रको जति धेरै प्रतिक्षा हुन्छ । नाटकमा त्यसो भइरहेको छैन । नाटक कृतिमाथि काम गरिन्छ । यो साहित्यको एउटा विधा हो । यो लाइभ हो । नाटकघर भित्र छिरेपछि मेडिटेसन गरेजस्तो अभुभव हुन्छ ।

चलचित्रमा अभिनय गरेको एउटी चर्चित हिरोइनलाई रंगमञ्चमा काम गरिरहदा कस्तो अनुभव हुने रहेछ ?
मलाई नाट्यकर्मीहरु साधकजस्तै लाग्यो । नाटकको पात्रको चरित्रमा चुर्लुम्म डुव्नु पर्ने । महिनौंसम्म त्यही पात्रको मनोभावसँग बाँचेर हिड्नु पर्ने । यो एउटा अनौंठो र अर्कै रमाइलो पक्ष हुने रहेछ भन्ने अनुभव गरे ।

आजकल नाटकको रियल्सलमा हुनुहुन्छ । नाटक गरिरहँदा र चरित्रमा डुव्दा कस्तो लागिरहेको छ ?
आजकल दिनभर नाटकको रियल्सल गरेर घर फर्कन्छु । घर फर्केर छोरी बैभवी राज्यलक्ष्मीसँग खेल्दा, खुुवाउदा वा उनीसंग हरेक कृयाकलाप गर्दा नाटकको संवादमा भिजिरहेको हुन्छु । हिजो उनी निदाउने बेला लै लै लै भनिरहेको हुन्थे भने अहिले डाइलगहरु कण्ठ गरिरहेको हुन्छु ।
चलचित्रमा यही एक्सन हुन्छ यही कट भइसकेको हुन्छ । तर नाटकमा चाही जुनसुकै बेला चरित्रमा डुव्न सक्नु पर्ने रहेछ । नाटकमा अचम्मको अनुभव हुने रहेछ ।

नाटकको पात्रको चरित्रलाई आत्मसाथ गर्ने बानी पर्न थाल्यो ?
पहिले पहिले नाट्यकर्मीहरु क्षण क्षणमा चरित्रमा डुवेर कुराकानी गरेको देख्थे । हामी टाढा बसेर त्यो देखेर हाँस्थ्यौं । यो के गरिरहेको होला जस्तो लाग्थ्यो । तर त्यो प्राक्टिस रहेछ । नाटकमा चरित्रमा बााच्नु पर्ने रहेछ ।

तपाईले गरिरहनु भएको नाटकको पात्र मिरा कस्तो छ ?
नाटक मिरा ‘समाज रुपान्तरण गर्नुपर्छ’ भन्ने सबै सचेत वर्गले हेर्नुपर्छ । समाजले बनाएको नियमलाई भत्काउनु पर्छ या पर्दैन भन्ने कुराको जवाफ दिन सक्षम छ मिरा ।

नाटकमा अभिनयसँगै नयाँ योजनाहरुका काम पनि भइरहेका छन् कि ?
मैले यसअघि त्यो समयमा चाहेर पनि नाटकमा काम गर्न सक्दिनथे । मसंग समय थिएन । विहान दिउँसो र बेलुका फरक फरक चलचित्रका तालिका हुन्थे । १५/२० दिन रियल्सल अर्को १५ दिन रंगमञ्चमा नाटक देखाउने मसँग फुर्सद थिएन । महिनाको ५ देखि ७ वटा चलचित्रमा अभिनय गरिरहेको हुन्थे ।
अहिले बर्षको एउटा चलचित्र निर्माण गर्न थालेको छु । साथीभाईले कर गरिहाले अभिनय गरिरहेको छु । अव आफ्नो पहिचान बनाउनका लागि मरिहत्ते गरेर चलचित्रमा काम गर्नुपनि छैन । नाटक गर्न ढिला भयो जस्तो चाही लागेको छैन । आजकल नाटकमा काम गरिरहँदा १५/ १६ बर्षकोजस्तै ताजगी महसुस हुँदैछ । नाटकको पात्र पनि जवान नै छ ।

नाटकमा अघि बढ्ने कस्ता योजना छन् ?
नाटकमा काम गर्न रहर गरेर हुन्न । नाटकमा काम गर्न रस पस्नुपर्छ । नाटकमा धेरै कुरा सिक्दैछु । दर्शकले रुचाए फेरि रंगमञ्चमा काम गर्नेछु । दर्शकले मन पराएनन भने मेरो यात्रा गर्ने बाटो छँदैछ ।

चलचित्रमा सधै चर्चामा रहने एउटी अभिनेत्री रंगमञ्चमा चढ्ने मेलोमेसो कसले मिलाइदिएको हो ?
कान्तिपुर फिल्म एकेडेमीले नाटकघर चलाउदैछ । यस एकेडेमीका सञ्चालक प्रकाश पुरीले मेरा चलचित्रमा धेरै सहयोग गर्नु भएको छ । उहाँ धेरै रचनात्मक काम गर्नुहुन्छ । उहाँको अनुरोधलाई मैले सहयोग गर्नुपर्छ भन्ने लागेर नाटकको मञ्च उक्लने निर्णय गरे । साथै मैले नाटक गरिन भने मेरो कलायात्रा अधुरो हुन्न भन्ने पनि लागिरहन्थ्यो । नाटकमार्फत म कलायात्राको अर्को अध्याय पुरा गर्दैछु ।

नाटकको पात्रले चाही लोभ्याएन ?
मैले रंगमञ्चमा लाइभ अभिनय गर्ने ? असम्भव । म त लाजले भुतुक्कै हुन्छु । नाटकको प्रस्ताव आउदा मैले सिधै ‘नो’ भनिदिएकी थिए ।
तर मलाई मिराको चरित्रले लोभ्यायो । नाटकी पात्र मिरा पनि बगाले थापाकी छोरी । मिराको संर्घष र विरंगनापन । उसको दोसाँधमा बाँचेकी आफूलाई दिनसम्म पिडा दिएर बाँचेकी युवती । ऊ चञ्चल छे । १७/१८ बर्षकी । म पनि २०५७ सालकै युवती बन्न चाहन्थे ।

चलचित्र क्षेत्रमा अघि बढ्न के कस्ता योजना छ ?
एउटा चलचित्रको काम भइरहेको छ । स्वास्थ्य सम्बन्धि टक शो चलाउने योजना छ । रस पस्यो भने नाटक पनि गरौला भन्ने लागेको छ ।

 

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।