२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको झरुवाराशीमा बसको ठक्करपछि महिलाको निधन, दिनभर तनावपछि शव उठ्यो




ललितखबर

ललितपुरको झरुवाराशीमा भाडाको गाडीले व्याक गर्ने क्रममा एक महिला लाई ठक्कर दिएपछि उनको घटनास्थलमै निधन भएको छ । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १३ झरुवाराशी बस्ने ३५ वर्षकी सिता घिमिरेको सो ठक्करपछि निधन भएको हो ।

झरुवाराशी लगनखेल चल्ने भाडाको गाडीले आज विहान करिव ८ बजे ठक्कर दिएको थियो । सो दुर्घटनापछि गाडी व्याक गरेर ठक्कर दिएको कारण देखाउदै आफन्तले दिनभर शव उठाउन अस्वीकार गरेका थिए ।
आज साँझ सहमतीपछि शव पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले ललितखबरलाई जानकारी दिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।