
काठमाडौं
नेपाली सिनेमालाई सधै एउटा आरोप लाग्छ, बलिउडबाट प्रभावित छ । अघिल्लो पुस्ताले सधै यो आरोप लगाइरह्यो । केही बर्षअघिसम्म नेपाली चलचित्र हिन्दी सिनेमाको कथा चोरेर संवाद नेपाली राखेर हलमा चलाइएको भन्दै चलचित्र हेर्ने दर्शकको खडेरी नै पर्न थालेको थियो ।
पछिल्लो समय थुप्रै मौलिक चलचित्र निर्माण गरिएको भए पनि बेला बेलामा बलिउड र साउथ चलचित्रको प्रभावित चलचित्रहरु बनाइएको पाइन्छ ।
शनिबार सार्वजनिक आचार्यको टे«लेर हेर्दा चलचित्रमा हिन्दी सिनेमाको प्रभाव मात्रै छैन थुप्रै संवाद हिन्दी भाषा रहेको सुनिन्छ । चलचित्रको बारेमा पत्रकारहरुले यस विषयमा निर्देशक तथा अभिनेता निखिल उप्रेतीलाई प्रश्न गर्दा उनले हाकाहाकी उत्तर दिए – आयातित सिनेमाको प्रभाव कम गर्न त्यहाको जस्तै सिनेमा बनाउछु पर्छ ।
चलचित्रमा थुप्रै हिन्दी भाषामा संवाद रहेको विषय समेत सत्रकारले प्रश्न उठाए । सो विषयमा निर्देशक समेत रहेका उप्रेतीले भने परिस्थिती अनुसारको संवाद राखिएको हो । हामी भारत जान्छौं भने त्यहाँकै भाषा बोलिन्छ । उनले स्प्रष्टिकरण दिए मैले चलचित्रमा भारतीय सिनेमाका कलाकारहरु नलिई नेपाली कलाकारहरुलाई नै चलचित्रमा भूमिका दिएको छु ।
निखिलको निर्माण, लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को ट्रेलरमा एक्सनको प्रभाव देखिन्छ ।
चलचित्रमा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीका साथै बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायतको अभिनय छ । नखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको पूर्णिकाले यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।
चलचित्रको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् । शुक्रराज शाहले एक्सन निर्देशन गरेका छन् भने बन्दे प्रसादले सम्पादन गरेका छन् ।
लेखन, निर्देशन र निर्माणसँगै चलचित्रमा मुख्य भूमिकासमेत निखिल उप्रेतीकै रहेको छ । चलचित्र असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ ।






प्रतिक्रिया