२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकाका सम्पदा अझै पुनःनिर्माण हुन सकेन



काठमाडौँ

भूकम्प गएको १० वर्ष बितिसक्दा पनि भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण सम्पन्न हुन सकेको छैन ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । त्यसमध्ये २०८२ फागुन मसान्तसम्म ८१५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभा बैठकमा पेस गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

https://www.youtube.com/@lalitkhabar

चालु आवको फागुन मसान्तसम्म पाँच सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि सर्वेक्षणमा उल्लेख छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, पाटन र भक्तपुर दरबार क्षेत्रका केही सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन ।

अब कुल १०५ वटा सम्पदाको पुनःनिर्माण हुन बाँकी छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।