१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भारदेउ सिमेन्ट खानी बन्द गर्न संर्घष समितीद्वारा खानी विभागमा उजुरी




अशोक दुलाल

दक्षिण ललितपुरको कोञ्ज्योसोम भारदेउका बासिन्दाले केही समय अघि दर्ता भएर सञ्चालनको तयारीमा रहेको भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डष्टिज प्रालि। बन्द गर्न माग गर्दै खानी विभागमा उजुरी दिएका छन् ।

भारदेउ लामीडाँडामा सञ्चालनको तयारीमा रहेको यस खानी सञ्चालन हुँदा स्थानीय जनता र विद्यालयलगायत संघसंस्थाहरुलाई असर गर्ने र वातावरण प्रतिकूल हुनेकारण देखाउदै उनीहरुले निवेदन दिएका हुन् ।

https://www.youtube.com/@lalitkhabar

स्थानीयहरुले संर्घर्ष समिती गठन गरेर कोञ्ज्योसोम गाँउपालिका,डिभिवन वन कार्यालय, ललितपुर, जिल्ला प्रशासन कार्यालय,कोञ्ज्योसोम ५ वडा कार्यालय र जिल्ला समन्वय समितीलाई समेत खानी बन्द गर्न पत्र लेखेका छन् ।

संर्घष समितीका अध्यक्ष सुजन तामाङको हस्ताक्षरित पत्रमा कोञ्ज्योसोम गाँउपालिकालाई स्थानीय बासिन्दालाई खानी बन्द गर्ने प्रकृयामा साथ दिन आग्रह गरेका छन् ।
पालिका अध्यक्ष कृष्णमान लामा खानी सञ्चालक र स्थानीय बासिन्दाको दुबै पत्र प्राप्त भएको जानकारी दिदै छलफलको विधिबाट समस्या समाधान गर्ने ललितखबरलाई जानकारी दिएका छन् ।
भन्छन्, हाम्रो काम सहजीकरण गर्ने मात्रै हो । खानी दर्ता, अनुमति र सञ्चालनका लागि केन्द्र सरकारसँग मात्रै अधिकार छ ।
खानी करिव १५ वर्ष अघि नै दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।