१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लालकुमारीले गरिन बडिखेलमा बृद्ध सम्मान


२८ चैत्र २०७५, बिहिबार  

0
Shares

लपु संवाददाता
२८ चैत्र ०७५, वडिखेल । गोदावरीको वडिखेलमा एकल तथा वृद्ध बृद्धाहरुलाई प्रदेश सासंद लालकुमारी पुनले सम्मान गरेकी छन् । बडिखेल बडा नं. ४ ले आयोजना गरेको सम्मान कार्यक्रममा २५ जना बृद्धबृद्धाहरुलाई दोसल्ला ओडाएर प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा बृद्धहरुलाई पौष्टिक भोजन पनि गराइएको थियो ।
सासंद पुनले जीवनको उत्तराद्धमा जीवन व्यतित गरिरहेका बृद्ध तथा एकल महिलाहरुलाई सम्मान गर्न पाउदा खुशी व्यक्त गरिन् । उनले भनिन्,‘स्थानीय सरकारले बृद्ध तथा असायहरुको सम्मान र निबृत्तीभरणमा सघाउने कार्यक्रम ल्याउन आह्वान गर्छु ।’ गोदावरी ४ का वडाध्क्ष मुकुन्द पहरीले गोदावरीको वडीखेलमा जनजातीहरुको तथा अल्पसंख्यक परिवारहरुको पनि बसोबास रहेको र उनीहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको वताउनु भयो । उहाले भन्नु भयो,‘समाजमा रहेका तल्लो बर्गलाई सम्मान गर्दा आफै सम्मिनित भएको महसुस हुन्छ ।’
सासंद पुनले वडापरिसरमा अशोक वाटिका बृक्षारोपण पनि गरेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ७ : ५३ बजे