२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘भष्टाचारको गन्ध आउदैन’


१ जेष्ठ २०७६, बुधबार  

0
Shares

रामचन्द्र दाहाल अध्यक्ष माहाकाल गाँउपालिका, ललितपर


रामचन्द्र दाहाल, दक्षिण ललितपुरको माहाकाल गाँउपालिकाका प्रमुख हुन् । गोटिखेल, चन्दनपुर,मानिखेल,बुखेल ठूलादुलुङ्ग र कालेश्वर गाविस मिलेर बनेको यो ललितपुरको दुर्गम गाँउपालिकाका विकाशको सवालमा भइरहेको गतिविधिको सन्र्दभमा हामीले गरिएका कुराकानीको सम्पादित अंश ।
गाँउपालिकाले आजकल के काम गरिरहेको छ ?
गाँउपालिकाको आन्तरिक व्यवस्थापनको काम भइरहेको छ । कानून, ऐन र कार्यविधि बनाउने काम भइरहेको छ । धेरै बनि पनि सकेका छन् । सुधारात्मक काम पनि भइरहेको छ । शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रको सुधारत्मक काम पनि भइरेका छन् ।

महाकाल गाँउपालिकामा अध्यक्ष भएर आएपछि के के काम भए ?
मैले के काम गरे भन्ने जिम्मा त जनताको हो । मैले भन्ने होइन । भौतिक निर्माणको ३ वटा क्षेत्रमा परिवर्तन ल्याउने कोशिस गरिरहेका छौं । बाटो, खानेपानी र विजुली मुख्य तीन चीज होे जस्तो लाग्छ । जनताको जीवनमा महत्वपूर्ण भौतिक निर्माणको क्षेत्रमा यीनै हुन् ।
महाकाल गाँउपालिकाको विकाशका प्राथमिकता के के हुन् ?
भौतिक संचनामा बाटो विजुली र खानेपानी हो । एक टोल एक बाटो, एक घर एक धारा र सबै घरमा विजुली । हामीले सबै वडामा इन्टरनेट पु¥याउने काम पहिलो वर्षमै पुरा गरेका छौं । जुन गाँउपालिको पहिलो वैठकबाट निर्णय पनि गरेका थियौं । सवै वडा कार्यालय,माध्यामिक र निमावि विद्यालयमा पुगेको छ अव जनताको घरमा पु¥याउनका लागि काम हुन्छ ।
चापागाँउ चन्दनपुर सडक जिर्ण छ । यसको मर्मतका लागि के भइरहेको भएको छ ?
यसका लागि कुरा गरिरहेका छौं । लेले चन्दनपुर मोटरबाटो २ लेनमा बनाउनु पर्छ र यो केन्द्रिय सरकारको मातहतमा रहनुपर्छ भनेर कागजात पनि पेश गरेका छौं । यो सडक गोदावरी,कोञ्ज्योसोम र माहाकाल गाँउपालिकाको मातहतमा रहन सक्दैन । मुख्य बाटोहरु हामीले डिपिआर पनि बनाउदै छौं । हामी हरेक वर्ष मर्मत गछौं । तर यो सडक केन्द्रले नै बनाउनु पर्छ भन्ने हो ।
पर्यटन विकाशको सम्भावना भएको गाँउपालिका हो तर गाँउपालिकाले पर्यटनका लागि खासै काम गरेन भन्ने आरोप छ नि ?


माहाकाल गाँउपालिकाको मुख्य बजेट कहाँ खर्च भइरहेको छ ?
भौतिक पुर्वाधारमा लगानी भइरहेको छ । वाटो विजुली र खानेपानीमा लगानी गरिरहेका छौं । खानेपानीको उपलव्दता जहाँ त्याही छ । मात्रै व्यवस्थापन गर्ने हो । विजुलीमा हामीले २५ लाख खर्च गरेका छौं ।
कृषि बजार कहाँ कहाँ स्थापना हुदैछ ?
ठुलादुर्लुङ्ग,चन्दनपुर,गोटिखेल र मानिखेलमा कृषि बजार स्थापना गरिदैछ । यसका लागि तत्काल १४÷१५ लाख बजेट खर्च हुन्छ ।
कृषिका क्षेत्रमा के गरिरहनु भएको छ ?
यहाँको प्रमुख आयश्रोत कृषि हो । त्यसमा पनि मुख्य तरकारी र दुध हो । यसको वजार व्यवस्थापनमा हामी काम गरिरहेका छौं ।
मसँग कसैले पनि यस्तो कुरा गरेको छैन । बाहिर के कुरा भइरहेको छ मलाई थाहा छैन । वैतर्णीधाम,कालेश्वर,महाकालस्थान,पशुपति यी धार्मिक स्थानमा हाम्रो हरेक वर्ष लगानी भइरहेको छ । कालेश्वरमा पनि हामीले बजेट दिएका छौं । वर्तर्णीधाममा हरेक वर्ष १४÷१५ लाख खर्च गरिरहेका छौं । अहिले नै हेर्न जाने हो भने भटाभट काम भइरहेको देखिन्छ । मसँग कुनै आरोप आइको छैन । जरुरी छैन खण्डन गर्नका लागि । वैर्तणी धाममा अहिलेसम्म ४० लाख खर्च गरिसकेका छौं । कालेश्वरको मन्दिरका लागि हामीले पनि बजेट दिएका छौं ।


कृषि क्षेत्रका लागि के भइरहेको छ ?
प्रविधिक शिक्षाका लागि हामीले निवेदन पेश गरेका छौं । शिक्षालाई कसरी सुधार्ने भन्ने विषयमा गाँउपालिको ठूलो लगानी छ । स्वास्थ्यलाई सुधार्नका लागि हामीले प्रयत्न गरेका छौं । कृषिको बजार क्षेत्र विस्तार गर्दै छौं । कृषि गाँउपालिकाको मातहतमा आयो । कृषिमा सरकारले वजेट पठाउदैन । जिल्ला स्थित कृषि ज्ञान केन्द्रमार्फत काम गरिरहेको छ । त्यो बजेट आउनु पथ्र्यो ।
केन्द्र र प्रदेशले कस्तो सहयोग पाइरहनु भएको छ ?
राज्यको नियम अनुसारका हामीले पाउनु पर्ने सुविधा त पाइरहेका छौं । तर स्थानीय निकायको अधिकार कटौती गर्ने प्रयत्न भएको छ । त्यसको स्वरुप जिल्लाका रहेका निकायहरु यसका उदारण हुन् । यो संद्दियताको विपक्षमा छ । समन्वय र सह कार्यमा कमी छ । प्रदेशले पैसा बाँड्दा गोजीबाट बाड्ने गरेको देखिएको छ । हामीले त्यो सुझाव दिएका छौं । अव आउदो आर्थिक बर्षमा सुधार हुन्छ होला ।
अन्य गाँउपालिकासँग सहकार्यमा केही काम भइरहेका छन् कि ?
हामी समन्वयमा काम गरिरहेका छौं । वगुवाबाट ठुलादुर्लुङ्ग, चन्दनपुर लेलेको सडकको काम भइरहेको छ । हामीले एक मतले यो सडक बनाउन सहकार्य गरेका छौं । अहिले काम पनि भइरहेको छ ।
गाँउपालिकालाई काम गर्न अप्ठ्यारा छन् ?
लामो समयपछि स्थानीय निकायमा जनप्रतिनिधिहरु आए । जनताका अपेक्षाहरु धेरै छन् । त्यो हामीले हाम्रो कार्यकालमा पुरा गर्न सक्दैनौ । हाम्रो श्रोत र साधनले भ्याएसम्म प्रयत्न पनि गरेका छौं । संघ र प्रदेशले कानून नदिदा अप्ठ्यो छ । केन्द्रले कर्मचारी दिएको छैन । ३२ जना कर्मचारीले गर्नुपर्ने काम ७ जनाले गर्दा काम गर्न असहज भइरहेको छ ।
अव ३ वर्षमा के काम गर्नु हुन्छ ?
हामी २५ वर्षमा महाकाल गाँउपालिका कस्तो बन्छ भन्ने गुरुयोजना बनाउछौं । यो जेठभरिमा गुरु योजना तयार हुन्छ । ३ वर्षभित्रमा गाँउपालिकाको ९० प्रतिशत घरमा बाटो पुग्छ । अहिले ७० प्रतिशत पुगिसकेको छ । एक घर एक धारा हरेक घरमा पुग्छ । सबै घरमा विजुली पुग्छ । सहकारी बजार स्थापना गर्छौ । कोल्डस्टोर बनाउछौं । शिक्षामा गुणत्मक सुधार हुन्छ । प्रविधिक शिक्षालय हुन्छ । १५ शैयाको अस्पताल हुन्छ । जनताको जीवनस्तर समृद्ध हुदै गरेको अवस्था हुन्छ ।
भ्रष्टचार कसरी नियन्त्रण गर्नुहुन्छ ?
आश्वस्त त हामीले गर्ने भन्दा पनि आफै हुने हो । हाम्रो कृयाकलापले आश्वस्त हुने हो । हाम्रो तर्फबाट भष्टाचार हुदैन । भष्टाचारको गन्ध महाकाल गाँउपालिकामा आउदैन ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  २ : ५५ बजे