३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिरहाको लहान बजार दुर्गन्धित


१२ जेष्ठ २०७६, आइतबार  

0
Shares


महेश सिंह महतो
१२ जेठ ०७६,सिरहा । सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा ठाउँ ठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् । फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिस नाक थुम्न बाध्यभइरहेको छ । दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन । त्यसपछि कर्मचारीहरुले बजारमा झाडु लगाउने तर फोहोर नउठाउने निर्णय गरेका थिए । बुधवारदेखि उनीहरूले झाडुपनि लगाउन छाडेका तरकारी बजारका होटेल संचालक रघुबिर साह हलुवाईले बताएका छन् ।
चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन् । त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो ।
समितिले नगरका २४ वटै वडामा फोहोर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँ हेर्ने, स्थानीयसँग छलफल गर्ने र राजनीतिक दलका प्रतिनिधिसहित बैठक गर्न निर्णय गरेको वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरी ले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ८ : ४२ बजे