५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा शिक्षक नै उम्मेदवारको प्रचारमा भेटिएपछि पालिकाद्वारा कारवाहीको चेतावनी



ललितखबर
दक्षिण ललितपुरको बुखेलमा एक शिक्षक निर्वाचन प्रचारमा भेटिएपछि महाँकाल गाँउपालिकाले कारवाहीको चेतावनी दिदै सूचना प्रकाशित गरेको छ ।
सामाजिक सञ्जालमा शिक्षकले भोट मागेको भिडियो भाइरल भएको थियो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेको हस्ताक्षरित सूचनामा निजामती कर्मचारी,शिक्षक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले कुनै पनि उम्मेदवारको प्रचारमा संलग्न नहुन अनुरोध गर्दै विरोध वा समर्थन समेत नगर्न उर्जी जारी गरिएको छ ।
निर्वाचन आचार संहित विपरित कार्य गरेको पाइए कानूनी तथा विभागीय कारवाही समेत हुनसक्ने सूचनामार्फत जारी गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।