२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


दक्षिण ललितपुरको भारदेउमा सिमेन्ट खानी सञ्चालन : संर्घषमा स्थानीयबासी



अशोक दुलाल

https://www.youtube.com/@lalitkhabar

दक्षिण ललितपुरको कोञ्ज्योसोम भारदेउका बासिन्दा सिमेन्ट उद्योगको लागि सञ्चालनमा रहेको खानी बन्द गर्ने अभियान जुटेका छन् । भारदेउ लामीडाँडामा सञ्चालनमा रहेको भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डष्टिज प्रालि.का कारण स्थानीय जनता र विद्यालयलाई असर गर्ने र वातावरणमा असर गर्ने कारण देखाउदै प्रसाशनमा निवेदन दिएका हुन् ।

स्थानीयहरुले संर्घर्ष समिती गठन गरेर कोञ्ज्योसोम गाँउपालिका,डिभिवन वन कार्यालय, ललितपुर, जिल्ला प्रशासन कार्यालय,कोञ्ज्योसोम ५ वडा कार्यालय र जिल्ला समन्वय समितीलाई खानी बन्द गर्न पत्र लेखेका हुन् ।

संर्घष समितीका अध्यक्ष सुजन तामाङको हस्ताक्षरित पत्रमा कोञ्ज्योसोम गाँउपालिकालाई स्थानीय बासिन्दालाई खानी बन्द गर्ने प्रकृयामा साथ दिन आग्रह गरेका छन् ।
पालिका अध्यक्ष कृष्णमान लामा खानी सञ्चालक र स्थानीय बासिन्दाको दुबै पत्र प्राप्त भएको जानकारी दिदै छलफलको विधिबाट समस्या समाधान गर्ने ललितखबरलाई जानकारी दिएका छन् ।
भन्छन्, हाम्रो काम सहजीकरण गर्ने मात्रै हो । खानी दर्ता, अनुमति र सञ्चालनका लागि केन्द्र सरकारसँग मात्रै अधिकार छ ।
खानी करिव १५ वर्ष अघि नै दर्ता गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।